बदलियो कांग्रेस बदल्छौ देश
कांग्रेस 2.0
राष्ट्रियता
लोकतन्त्र
समाजवाद
नेतृत्व र सहभागिता
हाम्रो नेतृत्व
समुन्नत नेपाल, सम्मानित नेपालीको लागी हाम्रो नीति तथा मार्गदर्शन
हाम्रो दृष्टिकोण: लोकतन्त्रसहित समुन्नति
समावेशी लोकतन्त्र र सुशासन
आर्थिक सुधार र रोजगारी
समन्यायिक समाज र सामाजिक सुरक्षा
युवा र ज्ञान–आधारित अर्थतन्त्र
हरित विकास र जलवायु परिवर्तन
सन्तुलित परराष्ट्र नीति र प्रवासी नेपाली
राणा शासनविरुद्ध संघर्ष र प्रजातन्त्रको स्थापना
नेपाली कांग्रेसको नेतृत्वमा भएको संघर्ष मार्फत राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापना।
पहिलो आमनिर्वाचन
नेपालको पहिलो आमनिर्वाचनमा बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले ७४ सिटसहित संसद्मा दुई तिहाइ बहुमत हासिल।
राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार भङ्ग, विपी कोइराला लगायत नेता जेल चलान
राजा महेन्द्रद्वारा कोइराला नेतृत्वको सरकार भङ्ग गरी पञ्चायती व्यवस्था लागू, विपी कोइराला लगायतका नेतालाई कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैद र तत्पश्चात भारत निर्वासन।
राष्ट्रिय मेलमिलापको नीति अबलम्बन
प्रजातन्त्रको पुनर्स्थापनाको लागि सम्पूर्ण राजनीतिक शक्तिबीच समझदारीको वकालत गर्दै राष्ट्रिय मेलमिलापको नयाँ नीति अनुसरण गर्दै भारतको निर्वासनबाट बी.पी. कोइरालाको स्वदेश फिर्ता।
विद्यार्थी आन्दोलन पछि राष्ट्रिय जनमत संग्रह घोषित
नेपाल विद्यार्थी संघ सम्मेलित विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रद्वारा घोषणा गरिएको राष्ट्रिय जनमत संग्रहमा नेपाली कांग्रेस सहभागी, बहुदलीय प्रणालीको पक्षमा उभिएको।
निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलको स्थापना
राजा महेन्द्रबाट लागू गरिएको निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले नेतृत्व गरेको जनआन्दोलन सफल।
लोकतन्त्रको संस्थागत विकास
२०४६ सालको जनआन्दोलनपछि २०४८ वैशाख २९ मा सम्पन्न भएको पहिलो आमनिर्वाचनबाट नेपाली कांग्रेस बहुमतका साथ विजयी।
आम निर्वाचनबाट नेपाली कांग्रेसलाई बहुमत प्राप्त
२०५६ सालमा सम्पन्न आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाली कांग्रेसद्वारा संसदमा बहुमत (२०५ मध्ये ११३ सिट) प्राप्त।
शान्ति प्रक्रिया र गणतन्त्रको यात्रा
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको विस्तृत शान्ति सम्झौताबाट १० वर्षे जनयुद्धको अन्त्य, दोस्रो जनआन्दोलनको नेतृत्व गर्दै राजतन्त्रको अन्त्य र संविधानसभाको मार्ग प्रशस्त।
संविधान निर्माण र संघीय लोकतन्त्र कार्यान्वयन
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी, शेरबहादुर देउवाको नेतृत्वमा २०७४ मा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन।
नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजना
नवयुवा पुस्ताको आह्वानमा बदलिएको देश, बदल्नुपर्ने कांग्रेस भन्ने आवश्यकतालाई आत्मसात् गर्दै नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशनको आयोजना गरी पार्टीमा नयाँ नेतृत्व चयन।
योगदान तथा उपलब्धि
विगत ३५ वर्षमा नेपाली कांग्रेसको नेतृत्वमा भएका केही जीवन्त सुधारको प्रतिफल
पूर्वाधार
ग्रामीण समाजलाई केन्द्रविन्दुमा राखी सडक सञ्जालको विस्तार र मेलम्ची जस्ता ठूला आयोजनाहरू सुरु गर्ने नीतिले ७ हजार किलोमिटरको सडकलाई ८५ हजार किलोमिटर पुर्याउन र शुद्ध खानेपानीमा ८५ प्रतिशतभन्दा बढी नागरिकको पहुँच पुर्याउन सफल भयो
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
| पूर्वाधार | २०४७/४८ | २०८१/८२ |
|---|---|---|
| सिँचाइ | ५.४ लाख हेक्टर | १५.५ लाख हेक्टर |
| वनले ढाकेको क्षेत्र | ३७% | ४५.०८% |
| सडक सञ्जाल | ७,३३० कि.मि. | १,०४,०४४ कि.मि. |
| कालोपत्र र ग्राभेल | ४,६१६ कि.मि. | ४६,६१४ कि.मि. |
| आधारभूत खानेपानी पहुँच | ३६% | ९४.५०% |
| शौचालय र सरसफाइ पुगेको जनसंख्याको प्रतिशत | ६% | ९८.५% |
ऊर्जा/सञ्चार
जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र सञ्चार क्षेत्रमा खुला प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने नीतिका कारण आज विद्युतमा पहुँच ९९ प्रतिशत पुगेको छ भने हरेक नेपालीको हातमा मोबाइल र इन्टरनेट पुगेको छ ।
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
| ऊर्जा/सञ्चार | २०४७/४८ | २०८१/८२ |
|---|---|---|
| विद्युत उत्पादन | २३७ मेगावाट | ३५९१ मेगावाट |
| विद्युतमा पहुँच (वैकल्पिक ऊर्जा सहित) | ९% | ९९.०% |
| टेलिफोन प्रयोगकर्ता (मोबाइल समेत) | ७१,५६० (फिक्स्ड लाइन) | २९,६९८,८२७ |
| इन्टरनेट पहुँच | उपलब्ध थिएन | ८९.१० |
स्वास्थ्य
स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुऱ्याउन मुलुकभरी विभिन्न तहको स्वास्थ्य संस्थाहरुको स्थापना गरेको प्रतिफल स्वरूप औसत आयुमा वृद्धि र मातृ-शिशु मृत्युदरमा उल्लेख्य कमी आएको छ ।
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
| स्वास्थ्य | २०४७/४८ | २०८१/८२ |
|---|---|---|
| स्वास्थ्य संस्थाको संख्या (सबै तहको) | १,०९६ | ८,७४६ |
| औसत आयु (वर्ष) | ५४ | ७१.३ |
| मातृ मृत्यु दर | ८५० | १५१ |
| नवजात शिशु मृत्युदर (प्रति १०००) | १०८ | २१ |
| कुपोषण (उचाई अनुसार तौल नपुगेको) | ५७% | १६% |
| कुपोषण (उमेर अनुसार उचाई नपुगेको) | ६०% | २५% |
अर्थतन्त्र
वि.सं. २०४८ पछि कांग्रेसले अवलम्बन गरेको खुला र उदार आर्थिक नीतिले निजी क्षेत्रलाई लगानी र उत्पादनको अग्रणी भूमिका दियो, जसले गर्दा बैंकिङ, उद्योग र सेवा क्षेत्रमा व्यापक विस्तार भई सरकारी ढुकुटी र राजस्वमा ऐतिहासिक वृद्धि सम्भव भयो ।
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
| अर्थतन्त्र | २०४७/४८ | २०८१/८२ |
|---|---|---|
| बैंक तथा वित्तीय संस्था | ५ | १०७ |
| गरिबीको रेखा मुनि | ४९% | २०.२% |
| दर्ता उद्योगको संख्या | १३५ | ९,९६३ |
| मानव विकास सूचाङ्क | ०.३९९ | ०.६२२ |
शिक्षा
माध्यमिक शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउने, गाउँ-गाउँमा सामुदायिक विद्यालय स्थापना गरी सबै वर्गका लागि समान अवसर सुनिश्चित गर्ने कांग्रेसको नीतिले युवा साक्षरता दरलाई ९० प्रतिशतभन्दा माथि पुर्यायो ।
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
| शिक्षा | २०४७/४८ | २०८१/८२ |
|---|---|---|
| साक्षरता दर | ४०% | ७७.४% |
| साक्षरता १५-२४ उमेर समूह | ५०% | ९५.२% |
| प्राथमिक विद्यालय खुद भर्ना दर | ६४% | ९५.४% |
| माध्यमिक विद्यालयको संख्या | १,९५३ | ११,५४५ |
प्रेस विज्ञप्ति
नवीनतम प्रेस विज्ञप्तिहरू
हाम्रा पछिल्ला प्रेस विज्ञप्तिहरूको माध्यमबाट अपडेटमा रहनुहोस्।