·
प्रेस विज्ञप्ति
जेठ १०, २०८३
प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१, २०८३ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री गगनकुमार थापाद्घारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल तरूण दलको अध्यक्ष पदमा श्री मनिष कोइराला (काठमाडौं) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।