ग्रिन टेबल श्रृंखला विशेषांक: “सिङ्गापुरको आर्थिक मोडेलबाट शासन, लोकतन्त्र र विकाससम्बन्धी नीतिगत पाठहरू”
मिति र समय
२१ जेठ २०८३ – २१ जेठ २०८३
स्थान
नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपा, लालितपुर, काठमाडौं, नेपाल
कार्यक्रमका बारेमा
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान द्वारा आयोजित ग्रिन टेबल श्रृंखला अन्तर्गतको विशेषांक “सिङ्गापुरको आर्थिक मोडेलबाट शासन, लोकतन्त्र र विकाससम्बन्धी नीतिगत पाठहरू” विषयमा सम्पन्न भएको छ।
सिङ्गापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक, आजको कार्यक्रमका प्रमुख वक्ता लियोंग सी हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासहरूबारे विस्तृत प्रस्तुति दिनुभयो।
पार्टी सभापति गगन थापाको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा वक्ता हियानले आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिक केन्द्रित नीतिनिर्माणका लागि सिङ्गापुरबाट नेपालले सिक्न सक्ने महत्वपूर्ण पाठहरूबारे आफ्ना विचार साझा गर्नुभयो।