परिचय
आजभन्दा करिब ८० वर्षअघि मुलुकमा विद्यमान जहाँनिया हुकुमी शासनको विरुद्ध नेपाली जनतालाई जनक्रान्तिको आह्वान गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना भएको हो।
२००३
स्थापना
८९७,०००
सदस्य संख्या
राणा शासनविरुद्ध संघर्ष र प्रजातन्त्रको स्थापना
नेपाली कांग्रेसको नेतृत्वमा भएको संघर्ष मार्फत राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापना।
पहिलो आमनिर्वाचन
नेपालको पहिलो आमनिर्वाचनमा बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले ७४ सिटसहित संसद्मा दुई तिहाइ बहुमत हासिल।
राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार भङ्ग, विपी कोइराला लगायत नेता जेल चलान
राजा महेन्द्रद्वारा कोइराला नेतृत्वको सरकार भङ्ग गरी पञ्चायती व्यवस्था लागू, विपी कोइराला लगायतका नेतालाई कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैद र तत्पश्चात भारत निर्वासन।
राष्ट्रिय मेलमिलापको नीति अबलम्बन
प्रजातन्त्रको पुनर्स्थापनाको लागि सम्पूर्ण राजनीतिक शक्तिबीच समझदारीको वकालत गर्दै राष्ट्रिय मेलमिलापको नयाँ नीति अनुसरण गर्दै भारतको निर्वासनबाट बी.पी. कोइरालाको स्वदेश फिर्ता।
विद्यार्थी आन्दोलन पछि राष्ट्रिय जनमत संग्रह घोषित
नेपाल विद्यार्थी संघ सम्मेलित विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रद्वारा घोषणा गरिएको राष्ट्रिय जनमत संग्रहमा नेपाली कांग्रेस सहभागी, बहुदलीय प्रणालीको पक्षमा उभिएको।
निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलको स्थापना
राजा महेन्द्रबाट लागू गरिएको निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले नेतृत्व गरेको जनआन्दोलन सफल।
लोकतन्त्रको संस्थागत विकास
२०४६ सालको जनआन्दोलनपछि २०४८ वैशाख २९ मा सम्पन्न भएको पहिलो आमनिर्वाचनबाट नेपाली कांग्रेस बहुमतका साथ विजयी।
आम निर्वाचनबाट नेपाली कांग्रेसलाई बहुमत प्राप्त
२०५६ सालमा सम्पन्न आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाली कांग्रेसद्वारा संसदमा बहुमत (२०५ मध्ये ११३ सिट) प्राप्त।
शान्ति प्रक्रिया र गणतन्त्रको यात्रा
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको विस्तृत शान्ति सम्झौताबाट १० वर्षे जनयुद्धको अन्त्य, दोस्रो जनआन्दोलनको नेतृत्व गर्दै राजतन्त्रको अन्त्य र संविधानसभाको मार्ग प्रशस्त।
संविधान निर्माण र संघीय लोकतन्त्र कार्यान्वयन
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी, शेरबहादुर देउवाको नेतृत्वमा २०७४ मा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन।
नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजना
नवयुवा पुस्ताको आह्वानमा बदलिएको देश, बदल्नुपर्ने कांग्रेस भन्ने आवश्यकतालाई आत्मसात् गर्दै नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशनको आयोजना गरी पार्टीमा नयाँ नेतृत्व चयन।
नेपाली कांग्रेसको परिचय
आजभन्दा करिब ८० वर्षअघि मुलुकमा विद्यमान जहाँनिया हुकुमी शासनको विरुद्ध नेपाली जनतालाई जनक्रान्तिको आह्वान गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना भएको हो। त्यसयता नेपालको इतिहासका हरेक ठूला लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ।
केन्द्रीय कार्यसमिति नेपाली कांग्रेसको सर्वोच्च कार्यकारी निकाय हो, जसमा १६७ निर्वाचित र मनोनित सदस्यहरू छन् जसले पार्टीको दिशानिर्देश गर्छन् र नेपालभर लोकतान्त्रिक नीतिहरू कार्यान्वयन गर्छन्।
केन्द्रीय सदस्यहरू
पार्टीको केन्द्रीय कार्यसमितिका सदस्यहरू
जिल्ला समितिहरू
देशभरका जिल्ला कार्यसमितिहरू
स्थानीय समितिहरू
पालिका तहका कार्यसमितिहरू
वडा समितिहरू
वडा तहका कार्यसमितिहरू